पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न शैक्षिक संस्थालाई बिदा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न शैक्षिक संस्थालाई बिदा

काठमाडौं: पोखरा महानगरपालिकाले भोलि आइतबार महानगरअन्तर्गतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा व्यापक जनसहभागिता होस् भन्ने उद्देश्यले बिदा दिइएको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार आइतबार पोखरा महानगरपालिका कार्यालय, महाशाखा तथा शाखा, वडा कार्यालयसहित महानगरअन्तर्गतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेत बन्द रहने छ।

पोखराको नयाँ विमानस्थलमा केही दिनअघि विभिन्न घरेलु विमानसेवा प्रदायक कम्पनीले परीक्षण उडान गरिसकेका छन्। जनवरी १ अर्थात् पुस १७ गतेबाट यस विमानस्थलबाटै नियमित उडान गर्ने समेत जनाएका छन्।

१६ पुस, २०७९, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।