प्रधानमन्त्री प्रचण्ड मञ्चमा झोक्राइरहे

प्रधानमन्त्री प्रचण्ड मञ्चमा झोक्राइरहे

काठमाडौँ : पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत  गर्ने तमु ल्होसार पर्वको विशेष समारोहमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मञ्चमा झोक्राइरहे।

पाँच दलीय गठबन्धन छाडेर सात दलीय गठबन्धनमार्फत प्रधानमन्त्री बनेपछि पनि उनी सार्वजनिक कार्यक्रमहरूमा आफ्नो पुरानै छवि अनुसार अलि प्रसन्न रूपमा देखिएका छैनन्।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा पनि उनी खुल्न सकेका थिएनन्। शपथ अगाडि उनको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिट सँगसँगै परेको थियो।

दुवैको नजर जुधे पनि बोली फुटेको देखिएन त्यो दिन। प्रचण्डले शपथ खाएपछि बधाई दिएर कुर्सी प्रचण्डलाई छाडेर देउवा हिँडिहालेका थिए।

१५ पुस, २०७९, १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।