गुरुङ ‘गेटअप’मा प्रचण्डका आठ पोज

गुरुङ ‘गेटअप’मा प्रचण्डका आठ पोज

काठमाडौं : गुरुङ समुदायले शुक्रबार तमु ल्होसार मनाएको छ।

विशेषगरी गण्डकी प्रदेशका जिल्लाहरू र काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले नाचगान गरी यो ल्होसार मनाएका हुन्।

गुरुङ समुदायले आजबाट ‘तो ल्हो’ अर्थात् बाघ वर्षको बिदाइ र ‘हि ल्हो’ अर्थात् बिरालो वर्षको स्वागत गरेका हुन्।

टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। कार्यक्रममा उनी गुरुङ भेषभुषामै सहभागी भएका थिए।

१५ पुस, २०७९, १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।