उकेरा टीभी

'गृहमन्त्रीले भन्दैमा निर्मलाको हत्यारा भेटिन सक्दैन'


काठमाडौँ : किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाबारे निरन्तर अनुसन्धान गरिरहेका पत्रकार उमेश श्रेष्ठले सो घटनाका आरोपीबारे  प्रहरीसँग प्रमाण रहेको दाबी गरेका छन्। उकेरासँगको विशेष संवादमा उनले भने' यो घटनाको मुख्य आरोपी को हो भन्ने प्रमाण प्रहरीसँग छ। चाहने हो भने अदालतमा लगेर न्यायिक परीक्षण गर्न सक्छन्।'

राजनीतिक र सामाजिक स्वार्थका कारण गिजोलिँदा सो घटनाको अनुसन्धान जटिल बनेको र अहिले पनि जोखिम भने रहेको उनले बताए। निर्मला घटनाबारे पुस्तक समेत लेखिरहेका श्रेष्ठले भने' प्रधानमन्त्री या गृहमन्त्रीले दाबी गर्दैमा निर्मला घटनाको अनुसन्धान सुल्झन सक्दैन। प्रमाण प्रहरीसँगै छ। तर अदालतसम्म लैजान अझैँ जोखिम देख्छु म।'

श्रेष्ठले सो घटनाबारे निरन्तर अनुसन्धान गरेर ३० वटा सिरिज लेखेका थिए। आफ्नो अनुसन्धानको आधारमा प्रहरी प्रमाणहीन अवस्थामा नरहेको तर जे प्रमाण छ त्यसैको आधारमा अदालतमा लगेर न्यायिक परीक्षण गर्न सो क्षेत्रका स्थानीयहरूलाई विश्वासमा लिनुपर्ने उनले बताए।

बाँकी भिडियो संवादमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विवाद प्रिय भुवनलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?

आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्? उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।

स्टार उम्मेदवार पाउँदा पनि चितवन किन यति धेरै कन्फ्युजन छ ?

उकेराको चुनावी चर्चा कार्यक्रममा बोल्दै दुवैले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालको प्रवेश र प्रचण्ड आफैँ क्षेत्र नम्बर ३ मा आएपछि....

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।

आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु....

क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको....