शीतल निवासमा देखिएको देउवाको छटपटी

शीतल निवासमा देखिएको देउवाको छटपटी

काठमाडौँ : प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा प्रधानमन्त्रीको रूपमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकै असहज देखिए।

शपथ सकिनु अगाडिसम्म प्रधानमन्त्रीको हैसियतमा उनी राष्ट्रपति विद्यादेवी भण्डारीको देब्रेतिर बसेका थिए। त्यसपछि प्रचण्ड बसेका थिए। कुर्सीमा बस्दा नै उनी निकै असहज देखिएका थिए।

प्रचण्ड र देउवाविच पल्याकपुलुक हेराहेर भए पनि दुबैबिच कुराकानी भने भएन। शपथ ग्रहणको बेलामा समेत उनको स्वास्थ्यमा कुनै समस्या भएको भाव देखियो। पटक-पटक उनको अनुहार बिग्रिएको थियो। बल्लबल्ल शपथ ग्रहण सकियो।

शपथ सकिएपछि प्रचण्ड प्रधानमन्त्री बस्ने कुर्सीमा र देउवा निवर्तमान प्रधानमन्त्रीको रूपमा प्रचण्ड बसेको कुर्सीमा बस्ने परम्परा हुन्छ। प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा फाइल हस्तान्तरण गरेपछि उनले राष्ट्रपतिसँग केही कुरा गरेर मञ्चबाट बाहिरिइहाले। प्रचण्डलाई बधाई दिने कार्यक्रमसम्म उनी बसेनन्।

आइतबारसम्म प्रचण्ड काँग्रेससहितको गठबन्धनमा थिए। कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री पद नदिएको भन्दै उनले एमालेसँग मिलेर सरकार बनाएका हुन्।

 

११ पुस, २०७९, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।