रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाने

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रीको रूपमा सरकारमा सहभागी हुने पक्का भएको छ।

गृहमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले समेत दाबी गरेका थिए। तर रविले सो मन्त्रालयमा दाबी नछाडेपछि पुष्पकमल दाहाल प्रचण्डले रविलाई सो मन्त्रालयसहित पार्टीबाट सरकारमा सहभागी गराउन सहमत भएका हुन्।

अब एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल हुनेछन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुनेछन्।

सत्ता घटक जनमत पार्टीले उद्योग मन्त्रालय लिएर सरकारमा जाने भएको छ। जनमत पार्टीबाट पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने पक्का भएको छ। एमालेले आजै सरकारमा अन्य ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्रीको रूपमा सरकारमा सहभागी गराउने भएको छ।

११ पुस, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।