बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई सिआईवीले समात्याे, सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख मागेको आरोप

बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई  सिआईवीले समात्याे, सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख मागेको आरोप

बुटवल : सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोपमा प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई पक्राउ गरेको छ। अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले केसी नियन्त्रणमा भएको पुष्टि गरे। यसबारे आफू भेट्न जान लागेको र वास्तविकता थाहा हुने उनले बताए। प्रहरी स्रोतका अनुसार केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको छ।

केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरू गरेको थियो।

११ पुस, २०७९, ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।