भरतपुर महानगरले पनि भत्काउन थाल्याे अतिक्रमित घरटहरा, पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाइँदै

भरतपुर महानगरले पनि भत्काउन थाल्याे अतिक्रमित घरटहरा, पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाइँदै

चितवन। सडक विस्तारका लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आज (शुक्रबार) देखि भत्काउन सुरु गरिएको छ। सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हाे।

नारायणगढको पुल्चोकदेखि डिभिजन सडक कार्यालय चितवनले घर भत्काउन सुरु गरेको हाे। यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। त्यसैगरि, टप मात्र भत्काउनुपर्ने घरकाे संख्या एक सयभन्दा बढी छ।

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए। पौडेलका अनसार कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हाे। 

८ पुस, २०७९, १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।