उकेरा एंकर

अङ्ग्रेजलाई परास्त गरेको जीतगढीमा बुटवल उपमहानगरको उदेकलाग्दो हर्कत, संरक्षणको नाममा कंक्रिटका संरचना ठडाइयो


बुटवल: सुन्दर बनाउने र वीरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा बुटवलको जीतगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ। कंक्रिट संरचना निर्माण भएपछि तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला कुरूप बनेको छ। 

त्यहाँ देखिने कंक्रिटका संरचना उदेकलाग्दो छ। बारम्बार इतिहासकारहरूले किल्लाको महत्त्वलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए पनि उक्त सुझावलाई स्थानीय सरकार र प्रदेश सरकारले बेवास्ता गरेका छन्।

तिनाउ नदी किनारमा रहेको ऐतिहासिक सम्पदामा बुटवल उपमहानगरपालिकाले संरक्षणको बाहनामा कंक्रिटका संरचना निर्माण गरेको हो। यो निर्माणको काम बुटवल उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीको कार्यकालमा सुरु भएको थियो। अहिले किल्लास्थलमा रङ्गरोहनको काम जारी छ।

जनप्रतिनिधि नआउँदासम्म गढी किल्लाको विकास र संरक्षण नभए पनि जनप्रतिनिधि आएपछि भने किल्लाको विकासको काम सुरु गरिएको थियो। तर ऐतिहासिक पहिचान मेटिने गरी कंक्रिट बनाउनु गलत भएको उनले बताए।

ठूला–ठूला फलामका संरचना बनाउँदा किल्लाकै अस्तित्व मेटिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।

संस्कृतविद् निर्मल श्रेष्ठले जीतगढी किल्लामा कंक्रिट संरचना बनाउनु हुँदैन भनेर सुझाव दिए पनि त्यसलाई सबैले बेवास्ता गरेको बताए। उनले कंक्रिट संरचना बनाउँदै जाने हो भने त्यो पछि जंगल बन्ने र त्यसको पहिचान नै मेटिन सक्ने बताए।

आन्तारिक एवं बाह्य पर्यटकहरू किल्लाको पुरानो पहिचान हेर्न पुगे पनि कंक्रिटका संरचना देख्दा त्यसको मौलिकता, ऐतिहासिकता कमजोर बन्न पुगेको उनले बताए।

‘विदेशीले त्यहाँ आएर किल्ला कसरी बनेको छ । त्यहाँको आर्किटेक्ट कस्तो छ, त्यो हेर्न चाहन्छन्। तर त्यहाँ कंक्रिट बनाउँदा पुरानो पहिचान हराउँदै जान्छ। यो मैले बारम्बार विभिन्न फोरममा भनेको पनि छु’, उनले भने।

जनप्रतिनिधि नआउँदासम्म गढी किल्लाको विकास र संरक्षण नभए पनि जनप्रतिनिधि आएपछि भने किल्लाको विकासको काम सुरु गरिएको थियो। तर ऐतिहासिक पहिचान मेटिने गरी कंक्रिट बनाउनु गलत भएको उनले बताए।

‘यो जे हो, त्यही रहनुपर्नेमा अनावश्यक सिमेन्ट र फलाम प्रयोग गरी राम्रो बनाउने नाममा कंक्रिट ठडाएको देख्दा दुःख लाग्यो। हाम्रो इतिहास हेर्न आउनेहरूले सिमेन्टका संरचना हेरेर मात्र जाने भए’, उनले भने।

अहिले जितगढी किल्ला नजिकै पानीका फोहोरा, पार्क, राष्ट्रिय झण्डा, सालिक निर्माणको काम भइसकेको छ। त्यसबाहेक डबली, ग्रेटर नेपालको नक्सा समेत बनाइएको छ। 

अहिले त्यहाँ विभिन्न विद्यालयका विद्यार्थीहरू ऐतिहासिक किल्ला हेर्न पुग्ने गरेका छन्। तर त्यहाँ पुगेका विद्यार्थी एवं आन्तारिक पर्यटकहरूले पनि किल्लामा कंक्रिटका संरचना बनाउँदा यसको ऐतिहासिकतामा असर पुगेको बताएका छन्।

गुल्मी धुर्कोट गाउँपालिकाबाट जीतगढी किल्ला हेर्न आएका रमेश शर्मा किल्लाको संरचनाभन्दा बढी कंक्रिटका संरचना ठडिएको देख्दा दुःख लागेको बताए।

‘यो जे हो, त्यही रहनुपर्नेमा अनावश्यक सिमेन्ट र फलाम प्रयोग गरी राम्रो बनाउने नाममा कंक्रिट ठडाएको देख्दा दुःख लाग्यो। हाम्रो इतिहास हेर्न आउनेहरूले सिमेन्टका संरचना हेरेर मात्र जाने भए’, उनले भने।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जीतगढी किल्ला १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिन्छ।

सम्पदाको संरक्षण हुन राम्रो भए पनि कंक्रिट निर्माणले ऐतिहासिकतामा ह्रास आउने संस्कृतविद्हरू बताउँछन्।

वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स. १८७१ देखि ७२ सम्म भएको युद्धमा नेपाली सेनाले जीतगढी क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ।

‘कंक्रिट ठढाएर ऐतिहासिकता झल्कदैन। यसबारे सरोकारवालालाई सचेत बनाउन पर्छ। तपाईंहरूले आवाज उठाउने हो। मैले धेरै पटक विभिन्न फोरममा भनेको छु- यसो गर्नु राम्रो होइन भनेर। कोही त बोल्नुपर्छ’, संस्कृतविद् श्रेष्ठले भने।

कंक्रिट बनाउनुअघि सरोकारवालाले त्यस क्षेत्र वरपरको बस्ती, विद्यालय, मन्दिरलाई हटाएर अन्य तरिकाले विकास गर्नुपर्नेमा त्यसतर्फ ध्यान नै नदिइएको उनले बताए। 

‘किल्लालाई किल्लाकै रूपमा जोगाउनुपर्छ भन्दा हाम्रो कुरै सुनिएन। किल्लाका बारेमा पुस्तकहरू निकाल्ने, ऐतिहासिक उपलब्धि सबैलाई जानाकारी दिनेतर्फ कसैको ध्यान गएन। कंक्रिट ठढाएर कसलाई के देखाउन खोजिएको छ?’ संस्कृतविद् श्रेष्ठले प्रश्न गरे।

उपमहानगरका प्रवक्ता शिव रानाले जीतगढी किल्लाको संरचना आफूहरू नेतृत्त्वमा आउनुअघि नै अगाडि बढेकाले यसबारे आफूलाई केही जानकारी नभएको बताए।

जीतगढीमा १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ।

वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो।

०५२ साल फागुन १ गते बुटवल बाट प्रकाशित भएको लुम्बिनी दैनिकले पनि जीतगढी किल्लाको उत्खनन् गर्दा सुरुङको सिँढी र प्रवेशद्वार फेला परेको लेखेको छ।

उत्खनन्‌का क्रममा सुरुङभित्र प्रवेशद्वारको दिवालको एक इँटामा चरा चित्र अंकित रहेको देखिएको र त्यहाँ प्राप्त इँटाको आकार ९,६,२ रहेको भेटिएको थियो।

यो गढी १६/१७ औँ शताब्दीतिर सेन वंशीय पृथ्वीलाल सेन पाल्पाली राजाहरूको पालनामा निर्माण भएको अनुमान गरिएको छ।

बुटवलको गढी किल्लामा भएको लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए।

सेनाबाटै सबै काम
जीतगढी किल्लाको संरक्षण उपमहानगरपालिकाले सुरु गरे पनि अहिले सबै काम बुटवल रामनगर रहेको नेपाली सेनाको गणले गरिरहेको छ।

सुरुको चरणमा बुटवल उपमहानगरपालिकाको बजेट विनियोजन गरेर केही काम गरे पनि पछिल्लो समय सबै काम सेनाले हेर्ने गरेको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले बताए।

रामनगर गणकाका अनुसार दुई प्याकेजमा जीतगढी किल्लामा चार करोड ३० लाखको काम भएको छ। गुरुयोजना अनुसार सुरुआती चरणको कार्य सम्पन्न भएको र अब बाँकी काम गुरुयोजना अनुसार बन्न रकमको सुनिश्चितता भएपछि अघि बढ्ने बताइएको छ।

खासगरी गुरुयोजना अनुसार जीतगढी किल्लामा निर्माण गरिने सम्पूर्ण संरचनाको लागि आठ करोड १२ लाख ८९ हजार २७ रुपैयाँ लागत अनुमानसहित काम सुरू गरिएको छ। 

त्यसमा जग्गा अधिग्रहण र मुआब्जाका लागि झण्डै एक अर्ब लागत अनुमान गरी प्रदेश सरकार तथा संघीय सरकारमा पठाइएको बताइएको छ।

गुरूयोजनामा जीतगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल र ९ वडा नं १० लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जीतगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको छ। 

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्त्वमा युद्ध लड्न आएका अङ्ग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो। 

त्यहाँ दुई वर्ष पहिले नै कर्णेल उजिरसिंह थापाको ९ फिट उँचाइको पूर्णकदको तामाको सालिक निर्माण उपमहानगरपालिकाले बनाएको छ। त्यस्तै ५५ फिटको टावरमा राष्ट्रिय झण्डा दुई वर्षदेखि त्यहाँ फहराइएको छ।

सैनिकका सालिक स्थापना
सन् १८१४ देखि १८१६ सम्म भएको अङ्ग्रेजसँग लडेर जित हासिल गरेको गढी जीतगढी किल्लामा तत्कालीन युद्धमा वीरता प्रदर्शन गर्ने सैनिक योद्धाहरूको सालिक स्थापना गरिएको छ।

बुटवल उपमहानगरपालिकाले गत फागुन ४ गते सालिक स्थापना गरी अनावरण गरेको हो।

सन् १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र इस्ट इण्डिया कम्पनी सरकारका सेनाहरूसँगको भिडन्तमा नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको स्थलमा तत्कालीन कर्णेल उजिरसिंहका पालाका सँगै लड्ने १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको हो। 

गुरुयोजनाअनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो। जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्त्वमा युद्ध लड्न आएका अङ्ग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो। 

कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरु गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

‘पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो। १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो। तर सहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक....

रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’, प्राधिकरण भन्छ- ‘विद्युत् भार व्यवस्थापन’

प्राधिकरणले एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक....

गृहमन्त्री रविलाई बारीमा शव फेला परेकी निरुको बाबुको प्रश्न' मेरो छोरीको हत्यारालाई पक्राउ गर्न चैँ निर्देशन दिन मिल्दैन?'

भोलिपल्ट पनि उनी घर नआएपछि कतै भागेर गइन् भन्ने सोचे। परिवारले यताउता सोध्न थाले। जजसलाई सोधे कसैले पनि निरुबारे केही बताउन सकेनन्। तीन दिनदेखि हराइरहेकी....

हक्की स्वभावकी रश्मि जसलाई लाग्छ नसक्ने काम केही छैन, भिड्ने आँट चैँ हुनुपर्छ

उनले ढाँटिनन्। 'मलाई बैकिंग क्षेत्रमा त्यति रुचि छैन' केही समय अन्तर्वार्ताकारहरू अलि चकित भए। 'मन नपर्ने पेसामा किन अन्तर्वार्ता दिन आएको त?' भन्ने पूरक प्रश्नमा....

बुटवलका मेयरले दिने भनेको बसोबास प्रमाणपत्रलाई लिएर भूमि आयोग र उपमहानगरबीच विवाद, अध्यक्ष भन्छन्, 'प्रधानमन्त्रीको पनि होइन, मेरो हस्ताक्षर चल्छ'

कानूनमा कहीँ कतै व्यवस्था नभएको बसोबासको प्रमाणपत्र वितरण गर्न लागेपछि भूमि आयोग रुपन्देहीले त्यसको कुनै वैधानिकता नभएको बताएको छ। यता अव्यवस्थित बसोबासका जानाकारहरू पनि यसरी....