‘यदि मैले सक्ने भए विश्वकप ट्रफी दुईवटा दिन्थे, एउटा मेस्सी र अर्काे एम्बाप्पेलाई’ 

‘यदि मैले सक्ने भए विश्वकप ट्रफी दुईवटा दिन्थे, एउटा मेस्सी र अर्काे एम्बाप्पेलाई’ 
तस्विरः फिफा

एजेन्सी। कतार विश्वकपमा सर्वाधिक चर्चित दुई खेलाडी थिए, अर्जेन्टिनाका लियाेनल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे। फ्रान्सलाई पराजित गर्दै मेस्सीले विश्वकपसँगै प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीकाे उपाधिकाे रुपमा गाेल्डन बल जिते।

एम्बाप्पेकाे टाेली फ्रान्स उपविजेता बन्दा विश्वकपमा सात खेलमा सर्वाधिक आठ गाेल गरेका उनले गाेल्डेन बुट जिते। फ्रान्ससँगकाे फाइनल खेल अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जितेकाे थियाे।

देशका लागि फाइनलमा भिन्दाभिन्दै टिमबाट खेलेका यी दुई खेलाडीले व्यावसायिक खेल खेल्ने क्लब भने एउटै हाे। दुवै फेन्च क्लब पीएसजीका टिममेट हुन्।

यी दुवैले खल्ने क्लब पीएसजीका मालिक नासिर अल खलाफीले मेस्सी र एम्बाप्पे दुवै कतार विश्वकपकाे हकदार भएकाे बताएका छन्।

‘यदि मैले सक्ने भए विश्वकप ट्रफी दुईवटा दिन्थे, एउटा मेस्सीलाई र अर्काे एम्बाप्पेलाई,’ उनले भने, ‘मेराे लागि याे निकै कठिन समय थियाे, किनकी म फ्रान्सकाे पक्षमा थिए। तर म मेस्सीकाे लागि भने निकै खुसी छु। मेस्सीकाे लागि याे उपाधि सुनमा सुगन्ध हाे। एम्बाप्पेसँग त अझै केही वर्षहरू बाँकी छन्, फेरी विश्वकप जित्नका लागि।’

फाइनल खेल गुमाए पनि विश्वकपमा फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेकाे प्रदर्शन तारिफयाेग्य थियाे। उनले फाइनलमा ह्याट्रिक नै गरे। सन् १९६६ मा इंग्ल्याण्डका जेफ हर्सटपछि विश्वकपकाे फाइनलमा ह्याट्रिक गर्ने उनी पहिलाे खेलाडी थिए।

सन् २०१८ काे विश्वकपकाे फाइनलमा पनि एक गाेल गरेका उनले विश्वकपकाे फाइनल खेलमा गरेकाे गाेलकाे संख्या चार पुग्याे। उनले याे स्पर्धामा पेले लगायतकाे रेकर्ड ताेडे। 

एम्बाप्पेले सन् २०२५ सम्म पीएसजीमा सम्झाैता गरेका छन्। मेस्सीकाे सम्झाैता भने यसै सिजनसम्मकाे लागि मात्र बाँकी छ।

५ पुस, २०७९, १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।