आफ्नै बुवालाई मूर्तिचोर र पूर्वमन्त्रीलाई बलात्कारीको आरोप लगाउने आत्मकथा 'धरातल'

आफ्नै बुवालाई मूर्तिचोर र पूर्वमन्त्रीलाई बलात्कारीको आरोप लगाउने आत्मकथा 'धरातल'

केही वर्षअघि निकै विवाद र चर्चा भएको पुस्तक हो- 'धरातल'। पुस्तक लेखिका शारदा भुसाल झाको आत्मकथाका रूपमा रहेको छ।

१३ वर्षको उमेरमा आफ्नै बुवाका साथीबाट बलात्कृत किशोरीको कहालीलाग्दो भोगाईको दस्तावेज हो 'धरातल'। उनले पुस्तकमार्फत 'राम्रो स्कुलमा पढाइदिन्छु' भनी अर्घाखाँचीबाट काठमाडौं ल्याएर सात महिनासम्म कोठामा बन्दक बनाई आफूलाई एमालेका पूर्वमन्त्री मोदनाथ प्रश्रितले पटक-पटक बलात्कार गरेको आरोप लगाएकी छिन्। जसमा मतियारका रूपमा शान्ता मानवी पनि मुछिएकी छिन्।

पछिल्लो समय भ्रष्टाचारविरोधी अभियानमा संलग्न शारदा भुसाल झा पुस्तकमा आफूले जीवनमा भोगेका कष्टकर उतारचढावहरू इमानदारीपूर्वक लेखेको बताउँछिन्।

पुस्तकले आम नेपाली नारीको वास्तविक अवस्थालाई चित्रण गर्न खोजेको छ। एउटी महिलालाई आफ्नै घरपरिवारमा पनि हिंसा हुन्छ र त्यसले मानसिक रूपमा कसरी विक्षिप्त बनाउँछ भन्ने विषयलाई प्रष्टसँग देखाइएको छ।

नेपाली समाजमा ठालु वर्गको मानसिकता, दलका नेताहरूको थेत्तरो चरित्र, कर्मचारीतन्त्रभित्र विद्यमान घुसखोरी एवम् हैकम प्रवृत्तिको क्रेसाक्रेसालाई केलाएको यस पुस्तकले अन्तर्वार्ता प्रशारण भएबापत् रात बिताउन बोलाउने टेलिभिजन च्यानलका एक साहुजीको मुखुण्डो पनि उतारेको छ।

परिवारका आफ्नै सदस्यलाई पनि बाँकी नराखेकी शारदाले आफ्नै बुवालाई समेत मूर्तिचोर र भ्रष्टाचारीको आरोप लगाएकी छिन्। सम्पन्न परिवारमा जन्मिएर पनि तिरस्कृत जीवन बाँच्न बाध्य बनेकी शारदाको पुस्तक पढ्दै गर्दा पुस्तक आँसुको सङ्गह जस्तो पनि लाग्छ। 

पुस्तकले आम नेपाली नारीको वास्तविक अवस्थालाई चित्रण गर्न खोजेको छ। एउटी महिलालाई आफ्नै घरपरिवारमा पनि हिंसा हुन्छ र त्यसले मानसिक रूपमा कसरी विक्षिप्त बनाउँछ भन्ने विषयलाई प्रष्टसँग देखाइएको छ।

मोदनाथ प्रश्रितद्वारा सात महिनासम्म बलात्कृत 

पुस्तकमा लेखिएअनुसार ०४६ सालमा प्रजातन्त्र आएपछि ०४७ साल वैशाख १ गते अर्घाखाँचीको सन्धिखर्कमा विजय सभा राखिएको थियो। 

उनले 'तँ' भनेर प्रश्रितलाई सम्बोधन मात्रै गरेकी छैनन्, उनले प्रश्रितको नाम नै बिगारेर 'मोदे' भनेकी छिन्। 

उक्त सभामा प्रश्रित र गुणनिधिसहित एमालेका विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत थुप्रै नेता गएका थिए। कार्यक्रम सकिएपछि शान्ता मानवीले गुणनिधिसँग शारदालाई काठमाडौंमा लगेर पढाउने प्रस्ताव गरेको र गुणनिधिले उक्त प्रस्ताव स्वीकार गरेको पुस्तकमा उल्लेख छ।

काठमाडौं लैजाने क्रममा शारदालाई बाटोमा विभिन्न ठाउँमा बास बस्दा पशुमन्त्री समेत रहेकी शान्ता मानवीले राति मोदनाथसँग सुत्न लगाएको शारदाले पुस्तकमा लेखेकी छिन्।

काठमाडौंमा आफूलाई दिनभरि कोठामा थुनेर राख्ने गरिएको, खानलाई पानी र पाउरोटीबाहेक केही नदिएको र राति प्रश्रितले आफूमाथि जबरजस्ती यौनसम्बन्ध राख्ने गरेको शारदाले पुस्तक मार्फत् आरोप लगाएकी छिन्।

'मञ्जरी' प्रकाशनले बजारमा ल्याएको धरातलमा शारदाले प्रश्रितसँग आफ्नो सम्बन्धलाई मज्जैले व्याख्या गरेकी छिन्। उनले 'तँ' भनेर प्रश्रितलाई सम्बोधन मात्रै गरेकी छैनन्, उनले प्रश्रितको नाम नै बिगारेर 'मोदे' भनेकी छिन्। 

के छ पुस्तकमा? 

आफूले जानेदेखि नै परिवारबाट धेरै पीडा सहेकी शारदा नाबालिग बेलादेखि नै यौन हिंसाको शिकार भएकी छिन्। विवाह भनेको के हो? भन्ने समेत थाहा नभएकी शारदा छोरी बनेर समेत लुटिएकी छिन्।

आफू यौन हिंसामा परेको समयमा कहाँ जाने, कता उजुरी दिने भन्ने समेत थाहा नभएका कारण पनि शारदा आफ्नै बाबुआमा, आफ्नै दाजुभाइहरूबाट पीडित भएको पुस्तकमा उल्लेख छ।

आफूमाथि यौन हिंसा हुँदा, आफ्नो अस्मिता बारम्बार लुटिँदा बेहोस हुने सुईसम्म लगाएकी शारदाको यस पुस्तकमा कतिपय भोगाई मन दह्रो बनाएर पढ्नु पर्ने हुन्छ।

धरातलको विरोध गर्दै आफूमाथि आरोप लगाएकोमा प्रश्रितले सामाजिक सञ्जाल, अन्तर्वार्ता लगायत पत्रकार सम्मेलन गरेर पनि यस पुस्तकलाई 'अश्लील र झुटो साहित्य'को संज्ञा दिएका छन्।

सुई मात्र नभएर ट्याब्लेटहरू खान थालिसकेपछि निद्रा नलाग्ने अवस्थामा पुगेकी शारदाको निरन्तर बलात्कृत भएर बाआमाको शरणमा जाँदा पनि उल्टै तिनले मरणासन्न हुने गरेर पिटेको घटना पनि यस पुस्तकमा कम दुःखलाग्दो छैन।

आफ्नो जीवनमा आएका हरेक व्यक्ति लुट्न मात्रै आएका हुन् भन्ने अवस्थामा पुगेकी शारदाले आफू कहिले दाइ भनिनेबाट लुटिएको त कहिले बाबु भनिने व्यक्तिबाट लुटिएको घटनालाई पुस्तकमा उतारेकी छिन्।

विष सेवन गर्नसम्म बाध्य भएकी शारदाले पुस्तकमा आफूले मृत्युलाई कसरी शरणमा लिन खोजिन्, बाहिर बाहिर प्रतिष्ठा कमाउँदै जाँदा आफ्नै श्रीमान्‌बाट कस्ता कस्ता अपशब्दहरूको प्रहार झेलिन् र कसरी सम्बन्धविच्छेदसम्म पुगिन् भन्ने घटनाहरू पनि पुस्तकमा वृहत् रूपमा वर्णन गरिएको छ।

यसबाहेक उनी किन र कसरी भ्रष्टाचारविरोधी अभियानमा लागिन् कसरी महिला हिंसाविरुद्धको अभियानमा जोडिइन् भन्ने विषयहरू पनि रहेको छ।

पुस्तक प्रकाशनपछि के भनेका छन् मोदनाथ प्रश्रितले?

धरातलको विरोध गर्दै आफूमाथि आरोप लगाएकोमा प्रश्रितले सामाजिक सञ्जाल, अन्तर्वार्ता लगायत पत्रकार सम्मेलन गरेर पनि यस पुस्तकलाई 'अश्लील र झुटो साहित्य'को संज्ञा दिएका छन्।

उनले आफ्नो पार्टीको तत्कालीन जिल्ला नेताकी छोरी भएको र सानैमा पागलपनको शिकार भएपछि उनका बुवाको आग्रहमा ०४८ सालमा काठमाडौंमा ल्याएको स्वीकारेका छन्। सँगै उनले स्वयम्भू डेरामा शारदालाई राखेको र त्यहाँबाट शारदा भागेको पनि बताएका छन्।

पुस्तक प्रकाशनपछि प्रश्रितले समाजविरोधी एवं तथ्यहीन सामग्री प्रकाशित गरेको भन्दै शारदाको आत्मकथा नियन्त्रणमा लिन प्रशासनसँग आग्रहसमेत गरेका थिए। 

दुवै पक्ष आ-आफ्नो दावीमा अडिग भए पनि, यो पुस्तक यदि वास्तविक घटनामा आधारित भएर लेखिएको हो भने चाहिँ यसले समाजमा यौन कुण्ठा पालेर बसेका आडम्बरीहरूको पोल खोल्न, मुखुण्डो उतार्न राम्रै प्रेरणा दिन्छ।

उनको विज्ञप्तिमा भनिएको थियो, ‘कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने मेरो अनुरोध छ।’

पुस्तक प्रकाशनपछि के भनेका छन् शारदाका बुबाले?

आफ्नै घरपरिवारको समेत सम्पर्कमा नरहेकी शारदाले पुस्तकमा आफ्ना बुवाले आफूमाथि गर्ने व्यवहार अमानवीय भएको आरोप समेत लगाएकी छिन्।

पुस्तक प्रकाशनपछि शारदाका बुवाले छोरीले जे पायो त्यही लेखेर पुस्तक निकालेको बताएका थिए। उनले आफ्नी छोरी सानैदेखि पागल भएको, कहिले लुगा खोलेर हिँड्ने, जे पायो त्यही बोल्ने, आफूहरूको नियन्त्रणमा नबसेको र आफूखुशी हिँड्ने गरेको बताएका छन्। 

उनले मोदनाथले यी सबै हर्कत नगरेको र छोरीले उनलाई गलत आरोप लगाएको पनि बताएका छन्।

दुवै पक्ष आ-आफ्नो दावीमा अडिग भए पनि, यो पुस्तक यदि वास्तविक घटनामा आधारित भएर लेखिएको हो भने चाहिँ यसले समाजमा यौन कुण्ठा पालेर बसेका आडम्बरीहरूको पोल खोल्न, मुखुण्डो उतार्न राम्रै प्रेरणा दिन्छ।

२ पुस, २०७९, ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।