मनाइयो पाँचौं राष्ट्रिय झण्डा दिवस (फोटोफिचर)

मनाइयो पाँचौं राष्ट्रिय झण्डा दिवस (फोटोफिचर)

काठमाडौं : संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

हरेक वर्ष पुस १ गतेका दिन राष्ट्रिय झण्डा दिवस मनाइन्छ।  काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली गरी पाँचौं झण्डा दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए।

नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरूप यो दिवस मनाइएको र झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा समेत माण्डव्यले जोड दिएका छन्।

राष्ट्रको स्वाभिमान झल्काउने र नेपालीको प्रतिनिधित्व गर्ने भएकाले झण्डालाई दुरुपयोग नगर्न  र राष्ट्रिय झण्डाको सम्मान गर्न उनले सबैलाई अपिल गरेका छन्।

१ पुस, २०७९, १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।