इटहरी इन्टरनेशनल कलेजबाट २२७ विद्यार्थी दिक्षित

इटहरी इन्टरनेशनल कलेजबाट २२७ विद्यार्थी दिक्षित

कामाडौं : इटहरीस्थित इटहरी इन्टरनेशनल कलेजको यस वर्ष उत्तीर्ण विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ।

बिहीबार भएको समारोहमा स्नातक तह अन्तर्गत बिएससी (अर्नस) कम्पुटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए।

समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अर्नस) कम्पुटिङ तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दिक्षित भएका थिए।

कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ। बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

१ पुस, २०७९, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।