काभ्रेमा रूखले किचेर एक जनाको मृत्यु

काभ्रेमा रूखले किचेर एक जनाको मृत्यु
फाइल तस्बिर

काठमाडौं : काभ्रेमा रुखले किचेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–४ रातोपहिरो बस्ने ५३ वर्षीय नारायणप्रसाद चौलागाईं रहेका छन्।

आफ्नै बारीमा रुख काट्ने क्रममा किचेर शुक्रबार विहान उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२३ मंसिर, २०७९, २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।