आठ तस्बिरमा ज्यापू दिवस तथा यःमरी पुन्हि

आठ तस्बिरमा ज्यापू दिवस तथा यःमरी पुन्हि

काठमाडौं : नेवारी संस्कृति संरक्षणका लागि (बिहीबार)आज योमरी पुन्ही मनाइयो।

१९औं ज्यापू दिवस तथा यःमरी पुन्हिको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरूले काठमाडौंको बसन्तपुरमा विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरे।

योमरी पूर्णिमा पनि भएकाले ठाउँ–ठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ। नेवार समुदायमा आज बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइएको छ।

नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रूपमा डल्लो बनाइएको परिकार योमरी हो।

२२ मंसिर, २०७९, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।