हिजोका कुरामा अरुण शर्मा: माइक्रोचिप बनाउने पहिलो नेपाली जो भिनाजु बीपी कोइरालाको प्रभावले साहित्यकार बने

हिजोका कुरामा अरुण शर्मा: माइक्रोचिप बनाउने पहिलो नेपाली जो भिनाजु बीपी कोइरालाको प्रभावले साहित्यकार बने

माइक्रोचिप बनाउने पहिलो नेपाली भएको दावी गर्छन्- अरुण शर्मा। तर उनलाई राज्यले कहिल्यै वास्ता गरेन। गुमनाम जीवन बिताइरहेका छन् उनी।

"मोबाइल, कम्प्युटर, टीभी, रेडियो जस्ता सञ्चार साधनदेखि एक्स रे मेशिन, अल्ट्रासाउण्ड मेशिन, पल्स डिटेक्टर, इसीजी मेशिन आदि स्वास्थ्यसँग सम्बन्धित साधनहरूसम्म माइक्रोचिपको प्रयोग हुन्छ। आधुनिक समयमा सबै इलेक्ट्रोनिक साधनमा माइक्रोचिपको प्रयोग भएको हुन्छ। यस हिसाबले हेर्दा माइक्रोचिपबिनाको संसारको कल्पना पनि गर्न नसकिने भएको छ। यस्तो अवस्थामा आफूलाई राज्यले नसम्झेको देख्दा दुःख लाग्छ", शर्माले भने।

उनी साहित्यिक वृत्तमा पनि देखापर्ने गरेका छन्।

०००
कमलप्रसाद दहालको घरमा ललिता दहालको कोखबाट जनकपुरमा जन्मिएका शर्मा लुम्बिनीको कपिलवस्तुमा हुर्किए। २०३० सालमा अमेरिका गए।

त्यहाँबाट एरिजोना स्टेट युनिभर्सिटीबाट इन्जिनियरिङ र म्यानेजमेन्टको मास्टर्स डिग्री लिए। त्यसपछि उनलाई टेक्सस इन्स्ट्रूमेन्टले क्वालिटी इन्जिनियरका पदमा नियुक्त गर्यो। प्रोसेस इन्जिनियरिङको काम गर्थे उनी।

तरकारी बनाउँदा झन् मीठो कसरी बनाउने भने जस्तै त्योबेला माइक्रोचिपलाई पनि कसरी गुणस्तरीय बनाउने भन्नेमा संसारकै ध्यान गएको थियो। जसमा शर्मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति थिए। माइक्रोचिप बनाउन देशकै तर्फबाट एकल भूमिका निर्वाह गरे पनि नेपालले महत्त्वको मापन नगरेको शर्मा बताउँछन्।

अहिले दुनियाँमा इन्टरनेट र प्रविधिले क्रान्ति गरिरहँदा आजभन्दा २७ वर्ष पहिले यसको विस्तारमा नेपालका शर्माको भूमिका पनि महत्त्वपूर्ण थियो।

माइक्रोचिप, सिलिकन भन्ने एक अर्ध धातु, जुन बालुवाबाट आउँछ त्यसलाई शुद्ध पारेर त्यसमा थप अन्य तत्त्वहरू थपेर तयार गरिन्छ। जसलाई माइक्रो ट्रान्जिस्ट्रर पनि भन्ने गरिन्छ। त्यो माइक्रोचिपमा प्रयोग हुने एक महत्त्वपूर्ण अङ्ग हो।

यसलाई जति सानो बनाउँदै गयो त्यति छिटो चल्ने गर्दछ। शर्मा भन्छन्, 'मान्छेको एउटा कपालको टुक्रालाई चौडाईबाट ३०० भाग गर्दा जति सानो हुन्छ माइक्रो ट्रान्जिस्ट्रर त्यति नै सानो हुन्छ। जसमा काम गर्न मैले जिन्दगीको २५ वर्ष लगानी गरेको थिएँ।'

तरकारी बनाउँदा झन् मीठो कसरी बनाउने भने जस्तै त्योबेला माइक्रोचिपलाई पनि कसरी गुणस्तरीय बनाउने भन्नेमा संसारकै ध्यान गएको थियो। जसमा शर्मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति थिए। माइक्रोचिप बनाउन देशकै तर्फबाट एकल भूमिका निर्वाह गरे पनि नेपालले महत्त्वको मापन नगरेको शर्मा बताउँछन्।

उमेर बताउन नचाहने ७५ वर्षीय शर्मा
'तपाईंको उमेर कति हो?' भनेर सोधिएको प्रश्नमा प्रतिवाद गर्दै उनी भन्छन्- 'म मेरो उमेर बताउन चाहन्नँ।' तर, उनकै कुराले भने उमेर खुलाउँछ।

उनी आफू इन्जिनियर सँगसँगै साहित्यकार पनि भएको कुरामा गौरव गर्छन्। घरअगाडिको पहाडबाट सूर्य उदाएको हेर्दै त्यहाँ पछाडि के होला भन्ने रहस्य खोतल्न उनी साहित्यमा हाम फालेका थिए रे। 

'आफू २३-२४ वर्षको किशोर हुँदा नै पहिलो पुस्तक छापिसकेको थिएँ। त्यो पुस्तकको नाम 'कालो रात र एक पर्यवेक्षक' हो। उक्त पुस्तक रत्न पुस्तक भण्डारबाट छापिएको थियो', उनले विगत सुनाए।

उनी २३-२४ वर्षको हुँदा छापिएको सो पुस्तक रत्नहपुस्तक भण्डारले विसं २०२८ मा छापेको थियो। अर्थात् २०२८ मा शर्मा २४ वर्षका रहेछन्। यस हिसाबबाट उनको उमेर करिब ७५ वर्षको भएको रहस्य पनि खुल्छ।

'त्यतिबेला प्रेमी र प्रेमिकाको विछोड जस्तै म नेपाली माटो र नेपाली शब्दको विछोडमा थाहै नभई तड्पिरहेको रहेछु। त्यसपछि पुनः मैले साहित्यमा पदार्पण गरेँ।'

घरअगाडि सूर्य उदाउने डाँडाको पछाडि भएको रहस्य भेटाइसकेका छन् शर्माले। त्यसैले अब मान्छेभित्रको रहस्य खोतल्न दोस्रो पुस्तक 'एक डायरी सुशी र कञ्चनजङ्गा' लेखेको उनी बताउँछन्।

दोस्रो किताब लेखेपछि साहित्यबाट गायब जस्तै भए शर्मा। उनी अमेरिकाको हावामा ३५ वर्ष उडे, पढे, जागिर खाए, हराए।

त्यसबीचमा कहिल्यै पनि किताब लेख्ने रहर नलागेको उनी बताउँछन्। ३५ वर्षपछि एक्कासि उनलाई नेपालको मायाले तान्यो। उनी विस्तारै फेरि साहित्य लेखनमा फर्किए। 

उनी भन्छन्, 'त्यतिबेला प्रेमी र प्रेमिकाको विछोड जस्तै म नेपाली माटो र नेपाली शब्दको विछोडमा थाहै नभई तड्पिरहेको रहेछु। त्यसपछि पुनः मैले साहित्यमा पदार्पण गरेँ।'

त्यसको केही समयपछि तेस्रो किताब 'सुशी र प्रशान्त महासागर' निकाले। आफ्नो सो पुस्तकमा जगदिश घिमिरेले सम्पादन र प्रकाशन गरेकोमा अहिले पनि उनलाई सम्झिएर धन्यवाद अर्पण गर्छन् उनी। 

शर्मा अहिले अमेरिका जाने सोचिरहेका छैनन्। उनी भन्छन्, 'मैले अमेरिकाको सेवा सुविधामा आफ्नो शरीर अर्पण गर्नुभन्दा नेपाली माटोमा नै साहित्यिक बीउ छर्न उपयुक्त ठानेँ।'
 
बीपी कोइरालासँगको सम्बन्ध
उनी नजन्मँदै अर्थात् करिब ८५ वर्षअगाडि शर्माकी दिदी १४ वर्षकी हुँदा उनको विहे बीपी कोइरालासँग भएको थियो। अर्थात् उनकी दिदी सुशीला कोइराला हुन्।

बीपी कोइराला र शर्मा साला-भेना हुन्। शर्मा भन्छन्, 'मेरी दिदीको विहे गराउनमा उतिबेलाका युवा नेता शंकर घिमिरेका बुवा र सरोज कोइरालाको पनि भूमिका थियो।'

कृष्णप्रसाद कोइराला र शर्माका बुवा राणाहरूको चाकरी गर्नेमा सँगसँगै थिए। बनारसमा बीपी कोइराला बिरामी हुँदा शर्माको फुपू र परिवारले सेवा गरेको आधारमा उनकी दिदी र बीपीको देखादेख भएको थियो। 

यही क्रममा बीपीले सुशीलालाई मन पराएका थिए। त्यसपछि उनीहरूको विवाह भएको थियो। 

त्यो जमानामा पनि कृष्णप्रसाद कोइराला उदारवादी भएकोले आफ्नी दिदीले विहेपछि पनि पढ्न पाएको र आफ्नी दिदीले राजा त्रिभुवन, महेन्द्रको अगाडि नाच्ने स्वतन्त्रता पाएकोमा शर्मा अहिले पनि गर्व गर्छन्।

बलिउडकी स्टार मनिषालाई अचानक आफ्नो घरमा देख्दा शर्मा ट्वाल्ल परे। मनिषाको अगाडि आफ्नो नजर झुकाएको पल सम्झिँदै शर्मा भन्छन्, 'उनी मेरो ढोकामा पहेँलो गुलाबको बुके लिएर उभिएकी थिइन् र म हेरेको हेर्यै भएको थिएँ।' लाज र सङ्कोचका साथ उनले मनिषालाई अंग्रेजीमा सोधे- 'डिड ह्वुई कनेक्ट?'

२०१५ सालमा नेपाली काङ्गेसले बहुमतले जितेको आधारमा बीपी कोइराला नेपालको प्रधानमन्त्री बने। २०१७ साल पुस १ गते बीपी जेल जानुअगाडि पोखराको एक कार्यक्रममा राजा महेन्द्र र रानी रत्नराज्य लक्ष्मीका अगाडि आफू नाचेको घटना उनलाई अझै सम्झना छ।

२०२५ सालमा बीपी छुटेपछि आफूले बीपीसँग समय बिताउन पाउने अवसर पाएको सम्झँदै उनी भन्छन्, 'बीपीले जेल बस्दा लेखेका किताबहरू पढेपछि म पनि उनको साहित्यबाट प्रभावित भएँ र मैले थप लेख्न थालेँ।'

त्यसपछि बीपी अमेरिका गएका बेला पनि शर्माले बीपीसँग बिताएको समय सम्झँदै भन्छन्, 'भिनाजू अमेरिका आउँदा मैसँग बस्नुहुन्थ्यो। अहिले ती दिनहरू यादमा मात्र सीमित छन्।'

मनिषा कोइरालासँगको सम्बन्ध
आजभन्दा १२ वर्षअगाडि पहिलो पटक शर्मा र मनिषा कोइरालाको भेट भएको थियो। त्यतिबेला मनिषा उनको घर गएकी थिइन्। 

बलिउडकी स्टार मनिषालाई अचानक आफ्नो घरमा देख्दा शर्मा ट्वाल्ल परे। मनिषाको अगाडि आफ्नो नजर झुकाएको पल सम्झिँदै शर्मा भन्छन्, 'उनी मेरो ढोकामा पहेँलो गुलाबको बुके लिएर उभिएकी थिइन् र म हेरेको हेर्यै भएको थिएँ।' लाज र सङ्कोचका साथ उनले मनिषालाई अंग्रेजीमा सोधे- 'डिड ह्वुई कनेक्ट?'

त्यसपछि एकछिन अल्मलिएकी मनिषाले अंग्रेजीमै जवाफ फर्काइन्- 'यस ह्वुई डिड'। मनिषाले थप भनिन्, 'मैले तपाईंको आँखामा आफ्नी हजुरआमा अर्थात् तपाईंकी दिदी सुशीला कोइरालाको झलक पाएँ।'

यो सुन्दा शर्मा आफू नि:शब्द भएको त्यो क्षण अहिले पनि सम्झन्छन्। यसपछि मनिषा र अरूण थप नजिकिए। परिवारको सदस्य जस्तै भए। अहिले मनिषा र अरूण 'प्रिय साथी' जस्तै भएका छन्।

शर्माको हरेक पुस्तकमा मनिषाको भूमिका हुन्छ। शर्मा भन्छन्, 'कहिले हामी पारिवारिक नाताले जोडिन्छौँ त कहिले साहित्यको नाताले। जे होस् हामी जोडिइरहेका छौँ। कहिले उनी मेरो घर आएर मेरो खबर सोध्छिन् त कहिले म उनको घर गएर उनको खबर लिने गर्छु।'

साहित्यदेखि अध्यापनसम्मको यात्रा
पाँच वर्षअगाडिसम्म काठमाडौं युनिभर्सिटी, स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ ल, प्रेसिडेन्ट कलेज र लुम्बिनी कलेजमा म्यानेजमेन्टको विषय पढाउँथे शर्मा। नेपालमा बस्दा त्यहीँबाट आफ्नो खर्च जोहो गर्थे।

शर्मा भन्छन्, 'अमेरिकाबाट फर्केपछि के गर्ने भन्ने दोधारमा रहेपछि मैले पद्म ज्योति, रीता थापा र सुशील कोइरालासँग सल्लाह मागेँ। आफ्नो अनुभव युवा पुस्ताको सपना पूरा गर्न खर्च गरेकोमा अहिले मलाई खुशी लाग्छ। मैले पढाएका विद्यार्धीहरू अहिले पनि मप्रति आभारी हुन्छन्। म पनि उनीहरूलाई देख्दा प्रफुल्लित हुन्छु।'

पढाएर नयाँ अनुभव बटुलेका शर्मा आफूले साहित्यमा झन् मेहनेत गर्न र जिन्दगीको बाँकी समय साहित्यमै खर्च गर्न अध्यापन छोडेको बताउँछन्।

२०३० सालमा कुलचन्द्र गौतमकी नातिनी सुगन्धा शर्मासँग वैवाहिक जीवनमा गाँसिएका शर्मा हाल दुई सन्तानका पिता पनि हुन्। छोरीसँग गहिरो सम्बन्ध छ शर्माको। भन्छन्, 'छोरीजत्तिको प्रिय त यो संसारमा कोही पनि नहुँदो रहेछ।'

शर्माकी श्रीमती र सन्तान अमेरिकामै छन्। शर्मा हाल चप्पल कारखानानजिकै एक अपार्टमेन्टमा एक्लै बस्छन्। 

'साहित्यकारहरू आफ्नो प्रेम सम्बन्ध चाहिँ किन लुकाउन खोज्छन् नि?' 

शर्मा भन्छन्, 'हाम्रो समाजले प्रेमलाई सहज रूपमा स्वीकार्दैनन् नि। त्यसैले साहित्यकारहरू आफ्नो प्रेमका विषयमा चुप बस्छन् होला।'

शर्मा भन्छन्, 'एकान्तको सिर्जनात्मता र एक्लोपनको स्वतन्त्रता भन्दा ठूलो संसारमा केही छैन। तर म कहिलेकाहीँ एकान्तसँग पनि डराउँछु। संसारमा मान्छे यति धेरै दौडिएको देख्दा लाग्छ मसँग जत्ति त आफ्नो लागि समय कसैसँग छैन। म एक्लो भएर पनि कति बेफुर्सदिलो छु। म आफैँलाई हेरेर कहिलेकाहीं मुसुक्क मुस्कुराउँछु पनि। डर पनि लाग्छ, एक्लै छु। जुनसुकै बेला जे पनि हुनसक्छ। त्यसपछि कहिलेकाहीँ लाग्छ, एक्लोपन किन मलाई भारी पनि लाग्छ। कहिलेकाहीँ म आफैँलाई हेरेर डराउँछु। करिब १० वर्षको अनुभवले यो एकान्त र एक्लोपनको महत्त्व पनि मज्जैले बुझाएको छ।'

आँसु र मुस्कान
सुख र दुःख
उज्यालो र अँध्यारो
रात र दिन
सँगै जोडिएका छन्।
एकअर्कासँग लटपटिएका छन्
आँसु छचल्किरहन्छन्
वेदना उम्लिरहन्छन्
आइरहन्छन्
गइरहन्छन्

यति भन्दै शर्मा भन्छन्, 'जिन्दगीमा जति धेरै कुनै कुराको बेवास्ता गरिन्छ त्यति धेरै त्यही कुराप्रति आकर्षण बढ्दै जान्छ।'

जिन्दगीमा किन प्रेमिल उपन्यास धेरै लेख्नुभयो भन्दा शर्मा भन्छन्, 'प्रेममा नै त संसार टिकेको छ। प्रेमको आनन्द लिन सकियो भने त्योभन्दा रमाइलो संसार अरू कुनै लाग्दैन। सायद लेखकले प्रेम गरेन भने उसले उच्च कोटिको साहित्य पनि लेख्न सक्दैन होला।'

'साहित्यकारहरू आफ्नो प्रेम सम्बन्ध चाहिँ किन लुकाउन खोज्छन् नि?' 

शर्मा भन्छन्, 'हाम्रो समाजले प्रेमलाई सहज रूपमा स्वीकार्दैनन् नि। त्यसैले साहित्यकारहरू आफ्नो प्रेमका विषयमा चुप बस्छन् होला।'

चक्रव्यूह, मिसिगन ब्युज, सुशीको डायरी र अपरिचिताको लेखक भनेर चिनिएका शर्मा अहिले पनि आफ्नो दैनिकीमा मनमा आएका विचार, पुराना प्रसङ्ग, अतित र यादहरूलाई अँगालेर लेख्ने र तिनमा भुल्ने प्रयास गर्छन्। 

उनी भन्छन्, 'जिन्दगीको उत्तरार्धमा विगतको ठूलो भूमिका हुँदो रहेछ।'

२२ मंसिर, २०७९, १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।