विश्वकपमा आज 'राउण्ड अफ १६' का अन्तिम दुई खेल हुँदै

विश्वकपमा आज 'राउण्ड अफ १६' का अन्तिम दुई खेल हुँदै

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलको 'राउण्ड अफ १६' अर्थात् अन्तिम १६ का खेलहरू आज सकिँदैछ। आज दुई खेल हुँदैछन्।

पहिलोमा स्पेन र मोरक्को एकापसमा भिड्नेछन्। यो खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ। स्पेन समूह 'ई'को उपविजेता बन्दै समूह 'एफ'को विजेता मोरक्कोसँग भिड्ने तय भएको हो।

यस्तै आजको दोस्रो खेल पोर्चुगल र स्विट्जरल्याण्डबीच हुँदैछ। समूह 'जी'को उपविजेता स्विट्जरल्याण्डले समूह 'एच'को विजेता पोर्चुगलसँग भिड्ने यो खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ।

त्यसपश्चात् यी दुई खेलका विजेता टोलीले क्वार्टरफाइनलमा एकअर्काको सामना गर्नेछन्। पहिलो खेलबाट स्पेन र दोस्रोबाट पोर्चुगल क्वार्टरफाइनलमा पुग्ने धेरैले आकलन गरेका छन्। यद्यपि समूह चरणको खेलमा मोरक्को र स्विट्जरल्याण्ड पनि बलियो देखिएको थियो।

२० मंसिर, २०७९, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।