दोलखा: माओवादी केन्द्रका कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१७ मतले हारे

दोलखा: माओवादी केन्द्रका कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१७ मतले हारे

काठमाडौं: दोलखाबाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्। ३६ हजार ७९९ मत प्राप्त गर्दै कार्की प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे। प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार उनीहरूबीच ३१७ मतको अन्तर रहेको छ।

यसअघि दोलखाको प्रदेश सभा–क मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा- ख मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन्।

१९ मंसिर, २०७९, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।