आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

काठमाडौं: उपन्यासकार आनन अच्युतको तेस्रो कृति 'ढल्किएको आकाश' सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा किताब सार्वजनिक भएको हो।

नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सिताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयम् आनन अच्युतले पुस्तकको संयुक्त विमोचन गरेका थिए।

‘कथामा यौन छ। प्रकृति छ। समाज छ। समाजका मानिसहरूका कथा, व्यथा छन्। परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन्’, समीक्षक बोधराज पौडेलको टिप्पणी थियो।

त्यस्तै अर्का समीक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे। कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए।

बीएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथासङ्ग्रहमा १४ वटा कथा समाविष्ट छ। १९२ पृष्ठको उक्त पुस्तकको बजार मुल्य ३७५ रहेको छ।

१९ मंसिर, २०७९, ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।