काठमाडौं: बाजुराबाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। ३१ हजार ७८६ मत प्राप्त गर्दै पाण्डे निर्वाचित भएका हुन्। कांग्रेसका सहमहामन्त्री पाण्डेले निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापालाई पाँच हजार ४३७ मतले पराजित गरे।
मंसिरपछि कसको सरकार !
थापाले २६ हजार ३४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
राष्ट्रिय सभाका पूर्व सांसद पाण्डेले प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन्। उनी विसं २०७० मा तत्कालीन संविधान सभा सदस्य तथा २०७४ मा राष्ट्रिय सभा सदस्य थिए।
जिल्लाका कुल ८३ हजार ५६७ मतदातामध्ये ५९ हजार ७५७ जनाले मतदान गरेका थिए।
२०७९ मंसिर १८ गते १०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।