काठमाडौं: बाजुराको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार ११९ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए।
मंसिरपछि कसको सरकार !
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार शाहीले थापालाई दुई हजार ५९८ मतले पराजित गरेका हुन्। सो निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता रहेकोमा ३८ हजार ७९५ मत खसेको थियो।
यस्तै प्रदेश सभा (क) को मतपरिणाम सार्वजनिक भइसकेको छ। (क) मा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन्।
प्रतिनिधि सभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
२०७९ मंसिर १८ गते ९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।