स्याङ्जा–२: कांग्रेसका गुरुङ एमालेकी अर्याललाई उछिन्दै अगाडि

स्याङ्जा–२: कांग्रेसका गुरुङ एमालेकी अर्याललाई उछिन्दै अगाडि

काठमाडौं: स्याङ्जाको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्याललाई ६५४ मतान्तरले पछि पारेका हुन्।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म गुरुङले तीन हजार ९०१ मत प्राप्त गरेका छन्। एमालेकी अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छिन्।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६,  ७ र ८ को मतगणना सकिएको छ।

यसैगरी क्षेत्र नं २ (क) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका मोहन रेग्मीले तीन हजार ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

दुवैबीच ७५४ मतको अन्तर रहेको छ। निर्वाचन सम्पन्न भएको १० दिनपछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो।

१५ मंसिर, २०७९, ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।