बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिका- ८ मा गए राति पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जना घाइते भएका छन्। मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका- ६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगञ्ज- १८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते भएका हुन्।
उकेरा न्युज
घाइते दुवैको उपचार नेपालगञ्जमा भइरहेको छ। घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर छ।
नेपालगञ्जबाट गुलरीयातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति पौने ११ बजे पुल बनाउन खनेको खाल्डोमा खसेको थियो।
२०७९ मंसिर १५ गते ९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।