काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेकाले मौसम सफा हुने पूर्वानुमान गरिएको हो।
उकेरा न्युज
यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर १५ गते ७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।