पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउटमा, अब अष्ट्रेलियासँग भिड्ने

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउटमा, अब अष्ट्रेलियासँग भिड्ने

काठमाडौं: कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनाले पोल्याण्डलाई हराएको छ। आज बिहान सम्पन्न खेलमा पोल्याण्ड अर्जेन्टिनासँग २-० गोलअन्तरले पराजित भएको हो।

अर्जेन्टिनाको जितमा खेलको ४६औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टर र ६७औँ मिनेटमा जुलियन अल्भारेजले एक-एक गोल गरे। त्यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीको अवसर पाए पनि पोल्याण्डका गोलकिपरले त्यसलाई बचाए।

खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई निकै दबाबमा राखेको थियो। बल पोजेजन पनि अर्जेन्टिनाको ७४ प्रतिशत थियो भने पोल्याण्डको जम्मा २६ प्रतिशत थियो। रोबर्ट लेवान्डोस्कीको टिम पोल्याण्डले मेस्सीको टिम अर्जेन्टिनालाई हराउने आकलन गरिरहेको बेला पोल्याण्ड अर्जेन्टिनासामु निरीह देखिएको थियो।

आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध भएको अर्जेन्टिना अन्ततः ६ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। अब हुने अन्तिम १६ को खेलमा अर्जेन्टिनाको प्रतिस्पर्धी अष्ट्रेलिया हुनेछ। यस्तै समूहको उपविजेता पोल्याण्डले फ्रान्सको सामना गर्नेछ।

यस्तै गए रातिको खेलमा पराजित भए पनि गोलअन्तरको कारण पोल्याण्ड पनि अन्तिम १६ मा पुग्न सफल भयो। साउदी अरेबियालाई २-१ गोलअन्तरले हराए पनि मेक्सिको प्रतियोगिताबाट बाहिरियो।

१५ मंसिर, २०७९, ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।