'नो नट अगेनलाई' असफल बनाउँदै नारायण खड्का चौथो पटक सांसद भए

'नो नट अगेनलाई' असफल बनाउँदै नारायण खड्का चौथो पटक सांसद भए

काठमाडौं : नेपाली कांग्रेसका नारायण खड्का चौथो पटक उदयपुर क्षेत्र नम्बर १ बाट चौथो सांसद निर्वाचित भएका छन्। 'नो नट अगेन' अनि राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले उनलाई रोक्न सकेन।

परराष्ट्रमन्त्री समेत रहेका उनी ३१ हजार २७० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत ल्याइन्।

उदयपुर-१ मा विवाद भएकाले पटक पटक मतगणना रोकिँदा नतिजा आउन ढिलाइ भएको हो। खड्काले उदयपुर-१ मा २०६४ को निर्वाचनयता लगातार जित्दै आएका छन्।

२०६४ मा उनले माओवादीका राजन किरातीलाई पराजित गरे।  २०७० र २०७४ को निर्वाचनमा खड्का नै निर्वाचित भए।
२०७४ मा उनले एमालेकी मञ्जु चौधरीलाई नै पराजित गरेका थिए।
खड्का सन्त नेता कृष्णप्रसाद भट्टराईका असल अनुयायी मानिन्छ। 

१४ मंसिर, २०७९, ००:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।