काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू संसदीय दलको नेताको निर्वाचन केन्द्रित भएको बताएका छन्। बुधवार एक कार्यक्रममा बोल्दै उनले संसदीय दलको नेताको निर्वाचनमा सहभागी हुने तयारीमा रहेको बताएका हुन्।
उकेरा न्युज
मङ्सिर १५ सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको र त्यस लगत्तै सम्पूर्ण रूपमा संसदीय दलको नेताको निर्वाचनमा केन्द्रित हुने उनले बताए।
'शुक्रवारसम्म हामी धन्यवादको कार्यक्रम सक्छौँ,' उनले भने' त्यसपछि अरू काममा जुट्नु पर्नेछ। मेरो त अर्को चुनाव आउँदैछ।'
थापाले केही दिन भित्र नयाँ मन्त्रिपरिषद् बन्ने र नयाँ बन्ने मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुने दाबी समेत गरे।
२०७९ मंसिर १४ गते १९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।