मंसिरपछि कसको सरकार !

'प्रतिस्पर्धीले दलित भन्दै सार्वजनिक मञ्चबाटै होच्याए, मतदाताले सांसद बनाएर पठाए'


सुर्खेत : हुम्ला प्रदेश (क) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार प्रदेशमा दलित समुदायबाट प्रत्यक्ष निर्वाचित हुने एक्ला सांसद हुन्।

बहुदल आएपछि गाविस उपाध्यक्ष र विभिन्न राजनीतिक नियुक्ति बाहेक सङ्घीय संरचना आएपछि हुम्लाबाट दलित समुदायबाट प्रत्यक्ष निर्वाचित हुने उनी नै पहिलो हुन्।

उनी अहिले सांसद निर्वाचित हुनु जति उनलाई अप्ठ्यारो थियो त्यति नै उनको जिन्दगी पनि सङ्घर्षशील छ। सामान्य घरपरिवारमा हुर्किएका उनले यहाँसम्म आउन धेरै सङ्घर्ष गर्नुपर्‍यो।

उनका बुवाले बालिघरेमा सिलाउने काम गर्थे। त्यही कामबाट आएको मानोमुठोलो उनीहरूलाई पालनपोषण गर्थे।

चार भाइ,  दुई बहिनी मध्येका माइला सन्तान हुन् रणसिंह।  तत्कालीन समयमा समाजमा दलितमाथि हुने विभेद विरुद्ध लड्न शिक्षा ठुलो कुरा रहेको उनको मनमा लाग्यो।

तत्कालीन समयमा दलित समुदायलाई  विद्यालयमा जान र पढ्न त्यति सहज थिएन, त्यो पनि हुम्लामा त अझै समस्या नै थियो।

उनले विद्यालय जाने प्रयास गरे। उनी विद्यालय जान थाले विद्यालयमा दलित समुदायको सहभागिता शून्य हुन्थ्यो।

उनी एक्ला विद्यार्थी थिए दलित समुदायबाट। अरूको लवाई खवाई र रणसिंहको लवाई खवाइमा पनि फरक पर्‍थ्यो। अरू राम्रा–राम्रा लुगा लगाएर जाने, उनी बुवाले सिलाएर बचेका टुक्राटाक्रिबाट सिलाएका कपडा लगाएर विद्यालय जान्थे।

गाउँले र उनका सहकर्मी साथीहरूले समेत उनलाई खिज्याउँथे।

‘यत्रा मान्छेले त पढेर केही गर्न सकेनन्, यो दमाइको छोराले के गर्न सक्छ र? बरु कपडा सिलाए केही अन्न त आउँथ्यो’ यस्ता कुरा सुने पनि रण सिंहले बेवास्ता गरे।

उनले जसरी भए पनि पढेर शिक्षक बनेर त्यस्तो भन्नेहरूकै सन्तानलाई पढाउने लक्ष्य राखे। उनले कक्षा १० पनि पास गरे। त्यसपछि उनी आफू पढ्ने विद्यालयमा नै शिक्षकको रूपमा पढाउन थाले।

१० वर्षसम्म हुम्लाका विभिन्न विद्यालयहरूमा उनले पढाए। पहिला हेलोहोचो गरेर केही गर्न सक्दैन भन्नेहरू नै उनलाई ‘नमस्कार रण सर’ भन्न थाले। यो बेला उनको छाती खुसीले गद्गद हुन्थ्यो।

‘म सामान्य दलित परिवारमा हुर्केको मान्छे, बुवाले कपडा सिलाएर ल्याएको मानोमुठोले हामीलाई घर व्यवहार चलाउन समस्या पर्थ्यो, अनि हामीलाई सबैले हेप्थे,’उनले भने, ‘पढेर केही गर्नपर्छ भनेर म विद्यालय जान सुरु गरेँ, त्यति बेला दलित समुदायको शिक्षामा पहुँच राम्रो थिएन। म एक्लै दलित समुदायको विद्यार्थी थिएँ। गाउँले र मेरा साथीभाइले मलाई बरु घरमा कपडा सिलाए एक दिन खान पुग्ला तँ पढेर के नै गर्छस् भनेर हेला गर्थे। तर मैले सङ्घर्ष गरेँ। पछि त्यही विद्यालयको शिक्षक भएँ 'उनले भने।

हुम्लाको अदानचुली गाउँपालिका–१ कल्खेका स्थायी बासिन्दा परियारका तीन छोरा, एक छोरी छन्।

छोरीले फार्मेसी र छोराले आइएसीसम्मको पढाई सकाएका छन्। अन्य दुई छोराहरू भने विद्यालयमा अध्ययनरत छन्।

परियार आफैँले पनि स्नातक तहसम्म अध्ययन पूरा गरेका छन्। उनका कान्छा भाइ सरकारी जागिर लेखाधिकृत छन् भने अन्यले आफ्नो पुरानै परम्परा अँगालेका छन्।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा उनले जागिर छाडे। उनी

पार्टीमा लागे। अहिले उनी माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य छन्।

‘स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा होमिएँ, पार्टी–सङ्गठनप्रतिको लामो समर्पण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गर्‍यो र यहाँसम्म आएँ उनले भने।

उनले सदनमा हुम्लाका जल्दा बल्दा समस्या, विकास निर्माण र समग्र दलित, सीमान्तकृत समुदायको हक–हितका पक्षमा संसद्मा आफ्ना आवाज राख्ने बताए।

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधि परियार सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा माओवादीबाट विजयी भए।

उनी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका मङ्गलबहादुर शाहीलाई १ हजार ८ सय ५१ मतान्तरले पराजित गर्दै हुम्ला १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए।

परियारले ६ हजार ४६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शाही ४ हजार ६१० मतमा सीमित भए।

‘दलितहरूले पनि प्रत्यक्षतर्फ निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको छ, अनेक प्रतिकूलतालाई पन्छाउँदै जीत निकाल्न सफल भएँ’, उनी भन्छन्, ‘गठबन्धन छ तर, त्यही गठबन्धन दलबाट बागी उम्मेदवार दिए। प्रतिस्पर्धीले सार्वजनिक मञ्चबाटै दलित समुदायको व्यक्ति भनेर होच्याउँथे,’उनले भने, ‘प्रतिस्पर्धीले होच्याए पनि जनताले मलाई न्याय दिए।’

२०७४ मा पनि प्रदेश सभामा दुई जना दलित प्रतिनिधि निर्वाचित भएका थिए। त्यस बेला एमालेबाट मुगुका दानसिं परियार र माओवादीबाट रुकुम पश्चिमका रातो कामीले प्रदेश सभा निर्वाचन जितेका थिए।

यस पटक माओवादी केन्द्रबाहेक गठबन्धनमा आबद्ध अन्य दलहरूसहित एमालेले पनि प्रदेश सभामा प्रत्यक्षतर्फ दलितलाई टिकट दिएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दोलखा: माओवादी केन्द्रका कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१७ मतले हारे

उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे। प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार उनीहरूबीच ३१७ मतको अन्तर रहेको छ। यसअघि दोलखाको प्रदेश....

दोलखा प्रदेशसभा (क)मा कांग्रेसका कुन्दन काफ्ले विजयी

कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन्। काफ्लेले मतगणनाको सुरूदेखि अग्रता कायम राखेका थिए। काफ्ले....

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका पाण्डे निर्वाचित, ५४ सय मतान्तरले एमालेका थापा पराजित

थापाले २६ हजार ३४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। राष्ट्रिय सभाका पूर्व सांसद पाण्डेले प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन्।....

बाजुरा प्रदेश सभा (ख) मा कांग्रेसका शाही विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार शाहीले थापालाई दुई हजार ५९८ मतले पराजित गरेका हुन्। सो निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता रहेकोमा ३८ हजार....

स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उपसभापति गुरुङ निर्वाचित

यस क्षेत्रको पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार गुरुङले ५ हजार ६२७ मतको अन्तरले निर्वाचित भएका हुन्। उनले ३१ हजार ४६६ मत ल्याएर विजयी भएका हुन्। गुरुङको....