काठमाडौं : फिल्म ‘गोर्खा वारियर’को फस्टलुक सार्वजनिक भएको छ। सन् १९४९ मा ‘मलाया इमरजेन्सी जङ्गल वार’मा गोर्खाली सैनिकको साहसिक युद्धको कथालाई फिल्मको फस्ट लुकमा समावेश गरिएको हो।
उकेरा कला
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्मलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको छ। पोस्टरमा मुख्य कलाकार रितेश चाम्ससहित १२ जना ब्रिटिस गोर्खा सैनिकहरूको टिम समेटिएको छ।
फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, बिरुप घले, सारा राई लगायतको अभिनय रहेको छ। फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन्।
लन्डन सिने आई प्रोडक्शनको प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सुस्मिता वाइबा र सुमन राइको लगानी छ। प्रशान्त थापा कार्यकारी निर्माता रहेको फिल्ममा सुरेश राई सह निर्माता छन्।
२०७९ मंसिर १४ गते १७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।