सहकारीहरूको मोबाइल बैङ्किङ एप–एम डबलीबाट स्मार्ट क्युआरमा भुक्तानी गर्न सकिने

सहकारीहरूको मोबाइल बैङ्किङ एप–एम डबलीबाट स्मार्ट क्युआरमा भुक्तानी गर्न सकिने

काठमाडौं  : स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ। इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरूलाई लक्षित गरिएको मोबाइल बैङ्किङ सेवा रहेको कम्पनीले जानकारी दिएको छ।

हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो। हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छिट्टै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशील बताए।

 भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैङ्क तथा वालेटहरू मात्र आबद्ध रही आएकोमा अबदेखि एम डबली मार्फत सहकारीका सदस्यहरूले पनि यो सुविधा मार्फत लाभ लिन सक्ने 

मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए।

१४ मंसिर, २०७९, १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।