अतिक्रमित सरकारी जग्गा हटाउने अभियान जारी, प्राधिकरणले निकाल्यो ३५ दिने सूचना

अतिक्रमित सरकारी जग्गा हटाउने अभियान जारी, प्राधिकरणले निकाल्यो ३५ दिने सूचना

काठमाडौं : नदी किनार अतिक्रमण गरेर थापाथली क्षेत्रमा बसेको सुकुम्वासी बस्ती हटाउन जाँदा हिंसात्मक झडप हुँदा काठमाडौं महानगरपालिका ब्याक भएको तेस्रो दिन काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधवार ३५ दिने सूचना निकालेको छ।

बुधवार प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन सूचना निकालेको हो।

प्राधिकरणको सूचनामा काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ती, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनिएको छ।

सूचनामा अवैध संरचना ३५ दिनभित्र आफैँ नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत उल्लेख छ।

१४ मंसिर, २०७९, १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।