काठमाडौं : कतारमा जारी विश्वकप फुटबलअन्तरगत आज समूह ‘सी’ र ‘डी’का चार खेल हुँदैछन्।
नेपाली समयअनुसार बुधबार बेलुका पौने ९ बजे समूह ‘डी’मा रहेका ट्युनिसिया र फ्रान्स तथा अस्ट्रेलिया र डेनमार्क भिड्दैछन्।
उकेरा खेल
यो समूहमा फ्रान्स दुई खेलमा जित निकालेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया एकमा जित र एकमा हारसहित दोस्रो स्थानमा छ।
डेनमार्क एक खेलमा जित र एकमा बराबरी गर्दै १ अंकसहित तेस्रो स्थानमा रहँदा गोलअन्तरका आधारमा समान १ अंक रहेको ट्युनिसिया अन्तिममा छ।
यस्तै, राति पौने १ बजे हुने समूह ‘सी’मा रहेका पोल्याण्ड र अर्जेन्टिना तथा साउदी अरेयिबा र मेक्सिको भिड्दैछन्।
यो समूहमा एकमा जित र एकमा बराबरी खेलेको पोल्याण्ड ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा एकमा जित र एकमा हार ब्यहोरेको अर्जेन्टिना ३ अंकसहित दोस्रो स्थानमा छ।
समान तीन अंक रहेको साउदी अरेबिया तेस्रो स्थानमा रहँदा मेक्सिको १ अंकसहित अन्तिम स्थानमा छ।
२०७९ मंसिर १४ गते १२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।