काठमाडौं : सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन्।
मंसिरपछि कसको सरकार !
मंगलबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएर विजयी भएकी हुन्। गच्छदारले भने ३५ हजार ६०० मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार ४५३ मत प्राप्त पाए।
२०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित भए। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे।
रामदेवले १९ हजार ४७९ मत पाउँदा विन्देश्वरले १८ हजार ८९१ मत पाए।
२०७९ मंसिर १४ गते ७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।