काठमाडौं : फिफा विश्वकपको समूह ‘बी’बाट इंल्याण्ड र अमेरिका अन्तिम १६ मा प्रवेश गरेका छन्।
मंगलबार राति भएको खेलमा क्रिस्टियन पुलिसिचको निर्णायक गोलमा अमेरिकाले इरानलाई १–० को नतिजामा पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान बनायो।
उकेरा खेल
अल थुमामा रंगशालामा ३८औं मिनेटमा पुलिसिचले गरेको एक मात्र गोल निर्णायक बन्यो।
पहिला खेलमा वेल्ससँग १–१ र दोस्रो खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको अमेरिका पाँच अंकसहित समूह उपविजेता बनेर नकआउटमा पुगेको हो।
क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले समूह ‘ए’को विजेता नेदरल्यान्ड्ससँग खेल्ने छ।
मंगलबार राति नै भएको अर्को खेलमा वेल्सलाई ३–० ले पराजित गर्दै इंग्ल्याण्ड समूह विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको छ।
प्रि–क्वार्टरफाइनलमा समूह ‘ए’को उपविजेता सेनेगलसँग भेट निश्चित गरेको इङ्ल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ को नतिजामा पराजित गरेको थियो।
दोस्रो खेलमा अमेरिकासँग बराबरी र तेस्रो खेलमा जितसहित सात अंक जोड्दै इङ्ल्यान्ड अन्तिम १६ मा पुगेको हो।
२०७९ मंसिर १४ गते ७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।