एजेन्सी: कहिलेकाहीँ यस्ता केसहरू डाक्टरको अगाडि आउँछन्, जसलाई देखेर डाक्टरहरू पनि चकित हुन्छन्। कर्नाटकको बागलकोटको एक अस्पतालमा तेस्तै अचम्मको घटना भएको छ। पेट दुख्ने र बान्ता हुने गुनासो गरेका व्यक्तिको शल्यक्रिया गर्दा डाक्टरहरु छक्क परेका छन्। किनभने उनको पेटमा सिक्का भेटिएको थियो। यति धेरै सिक्का उनको पेटमा कसरी पुग्यो र यति लामो समयसम्म कसरी बाँच्यो भन्ने कुरा कसैले पत्याउन सकिरहेको थिएन।
कर्नाटकको बागलकोट अस्पतालमा चिकित्सकले जसको पेटबाट १८७ सिक्का निकालेका थिए, उनी साना बालक नभई ५८ वर्षीय पुरुष हुन्। दयमप्पा हरिजन नामका व्यक्तिलाई लगातार पेट दुख्ने र बान्ता हुने समस्या भएको थियो। बारम्बार चिकित्सकको औषधिले निको नहुँदा डाक्टरले पेटको एक्सरेमा पेटमा सिक्का रहेको थाहा पाएका थिए।