काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ।
मंगलबार नेप्से ३ अंकले बढेर १९५३ विन्दुमा पुग्दा 'क' वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ०.०८ प्रतिशतले बढेर ३८२ विन्दुमा पुगेकाे छ।
उकेरा अर्थ
यसदिन २३४ कम्पनीका २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ।
१३ उपसूचकमध्ये यसदिन छ उपसूचक घट्दा सात उपसूचक समूह बढेका छन्। सबैभन्दा बढि फाइनान्स उपसूचक समूह बढ्दा सबैभदा कम जलविद्युत् समूह ०.१३ प्रतिशतले बढेको छ।
बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह घट्दा अन्य समूहमा सामान्य वृद्धि भएका छन्।
यसदिन हिमालयन डिस्टिलरीको कारोबार सबैभन्दा बढि ९ करोड ७२ लाखको हुँदा नबिल बैंकको ४ करोड ३१ लाखको कारोबार भएको छ।
२०७९ मंसिर १३ गते १५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।