काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहलाई ज्यान मार्ने धम्की आएपछि गृह मन्त्रालय र प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
शाहलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएपछि उनकाे यस्ताे अभिव्यक्ति आएकाे हाे।
स्थानीय सरकार
सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए।
नगर प्रहरी र स्थानीयबीच झडप हुँदा १८ जना प्रहरी घाइते भएका थिए। जसमध्ये तीन जना आइसीयूमा छन्।
झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा एक स्थानीयले मेयर साहकाे ज्यान खतरामा रहेकाे अभिव्यक्ति दिएका थिए।
'बालेन साहको ज्यान अब खतरामा हुन्छ। मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले,' ती व्यक्तिले भनेका छन्।
सो भिडियोलाई सामाजिक सञ्जालमा शेयर गर्दै बालेनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।
'देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?,' बालेनले लेखेका छन्।
२०७९ मंसिर १२ गते २२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।