पिताको अन्तिम संस्कारमा पनि कपाल नखौरेपछि महेशबाबु ट्रोल, यस्तो रैछ कारण

पिताको अन्तिम संस्कारमा पनि कपाल नखौरेपछि महेशबाबु ट्रोल, यस्तो रैछ कारण

एजेन्सी : दक्षिण भारतीय सुपरस्टार महेश बाबुले हालै आफ्नो बुवा गुमाएका छन्। उनले आफ्ना बुवा सुपरस्टार कृष्णको अन्तिम संस्कार सबै विधिविधानका साथ गरे तर पनि उनी ट्रोलको सिकार भएका छन्।

हिन्दु धर्मको परम्पराअनुसार अन्तिम संस्कार गर्नेले टाउको खौरनुपर्ने ट्रोल गर्नेहरू बताउँछन् तर महेश बाबुले त्यसो गरेनन्। अहिले केही मिडिया रिपोर्टका अनुसार महेश बाबुले आफ्नो आगामी प्रोजेक्टलाई ध्यानमा राख्दै आफ्नो टाउको खौराउन अस्वीकार गरेका छन्।

महेश बाबुका लागि सन् २०२२ सबैभन्दा खराब रह्यो। उनले यस वर्ष आफ्नो आमा, भाइ र भर्खरै आफ्नो बुबा गुमाए। उनका बुवा, ७० र ८० को दशकमा तेलुगु सिनेमाका सुपरस्टार, शिव रामा कृष्ण घट्टमनेनीले हालै आफ्नो १३ औं जन्मजयन्ती मनाए।

मनपर्ने छोरा भएकाले महेश बाबुले बुवाको अन्त्येष्टिको सबै औपचारिकता पूरा गरे तर कपाल खौरेनन्। जसका कारण उनी ट्रोलको निशानामा परे।

नयाँ फिल्मका कारण भएको रिपोर्टको दाबी
हिन्दू परम्परा अनुसार परिवारका सदस्यको अन्तिम संस्कार गर्दा कपाल खौरनुपर्छ तर महेश बाबुले त्यसो गरेनन्। मिडिया रिपोर्टका अनुसार महेश बाबुले आफ्नो फिल्म प्रतिबद्धताका कारण कपाल नखौरेका हुन्। कपाल खौरिएपछि नयाँ कपाल आउन ६ महिनाभन्दा बढि समय लाग्छ। त्यहि भएर उनले कपाल खौरनु उचित नठानेको समाचारमा उल्लेख छ।

प्रत्यारोपण गरिएको कपाल पनि हुनसक्छ कारण
महेश बाबुको कपाल प्रत्यारोपण गरेकाले पनि कपाल नखौरिएको हुनसक्ने अनुमान गर्न पनि अर्काथरीले गर्न थालेका छन्। उनले क्युसिक्स हेयर प्याच प्रविधिबाट कपाल प्रत्यारोपण गराए, जुन पूर्ण रूपमा प्राकृतिक देखिन्छ। त्यसैले यस्तो कपाल खौरन सकिँदैन।

महेशबाबुका पिता सुपरस्टार कृष्णाको निधन नोभेम्बर १५ मा हृदयघातका कारण भएको थियो। करिब ३५० फिल्ममा काम गरिसकेका कृष्णा तेलुगु सिनेमामा ठूलो नाम थिए।

यसै वर्ष सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि उनी डिप्रेसनमा थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो, जसका कारण उनलाई १४ नोभेम्बरमा हैदराबादको कन्टिनेन्टल अस्पतालमा पनि भर्ना गरिएको थियो तर नोभेम्बर १५ मा उनले संसारलाई बिदा गरे।

१२ मंसिर, २०७९, २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।