सलोनलाई जुर्न त 'करिष्मा' नै जुरेको रैछ तर श्रेष्ठ हैन केसी

सलोनलाई  जुर्न त 'करिष्मा' नै जुरेको रैछ तर श्रेष्ठ हैन केसी

काठमाडौं : अभिनेता सलोन बस्नेत अनि अभिनेत्री करिष्मा श्रेष्ठबिचको प्रेम सम्बन्ध सुमधुरै अगाडि बढिरहेको थियो। तर यी दुवै एकाएक मिडियामा सार्वजनिक भए ब्रेकअपको समाचार बोकेर।

दुवैको एकै भनाई थियो' हामी जीवनसाथी हैन साथी नै ठिक रहेछौँ।'

त्यसपछि एकाएक सलोनको प्रेमका समाचार सुस्तायो। एकाएक उनको विवाहको खबर सार्वजनिक भयो करिष्मासँगै। तर उनले विवाह गर्न लागेको करिष्मा श्रेष्ठ थिइनन् करिष्मा केसी थिइन्।

करिष्मा पेसाले नेपाल एयरलाइन्सको एयर होस्टेज। एक म्युजिक भिडियोमा अभिनय समेत गरेकी उनीहरूको भेट त्यही क्रममा भयो। माया पलायो र विवाहसम्म पुग्यो।

यी दुवैको विवाह धूमधामले भयो। रिसेप्सन पार्टी पनि भव्य नै भयो। रिसेप्सन पार्टीमा बहिनीले दिएको उपहार अनि बहिनीको नृत्य हेरेर सलोन निकै भावुक बनेका थिए।

बाल कलाकारहुँदै अभिनय क्षेत्रमा प्रवेश गरेका सलोनका सोलो अभिनेता बनेका फिल्म त्यति चलेका छैनन्। तर उनी सहायक भुमिकामा रहेका फिल्म भने हिट भएका छन्। फिल्म निर्माणमा संलग्न परिवारका सदस्य रहेका उनका बाबु शोभित बस्नेत हुन् भने काका जयकिशन बस्नेत।

१२ मंसिर, २०७९, २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।