एजेन्सी : बलिउड स्टार सैफ अली खानका छोरा इब्राहिम अली खान बलिउड डेब्यूका कारण चर्चामा छन्।
जानकारीका अनुसार करण जोहरले उनलाई बलिउडमा लन्च गर्न लागेका छन्। यसअघि पनि करणले आलिया भट्टदेखि जाह्नवी कपूरसम्मका धेरै स्टारकिड्सलाई फिल्मी संसारको बाटो देखाइसकेका छन्।