काठमाडौं : फिल्म क्षेत्रका अधिकांश सदस्यको अफेयर्स अनि ब्रेकअपको चर्चा सार्वजनिक हुनु फण्डा हो कि साँच्चै हो ठम्याउनै मुस्किल पर्छ। यस्तै भयो अभिनेता सलोन बस्नेत अनि मोडल करिश्माबारे।
उकेरा कला
मिडियाले एक पटक यी दुबैलाई प्रेममा पारिदिए। तर पटक-पटक ब्रेकअप गराइदिए। तर प्रेमका समाचार सत्य थियो, ब्रेकअपका समाचार हावा।
त्यसलाई प्रमाणित गर्दै यी दुवै सोमबार प्रेम सम्बन्धलाई विवाहको सम्बन्धसम्म पूर्याउन सफल भए।
तीन वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुवैले अब औपचारिक सम्बन्धका साथ अगाडि बढाउने निर्णय गर्दै सोमबार विवाह गरे।
करिश्मा पेशाले नेपाल एयरलाइन्सको एयर होस्टेज हुन्। उनले सलोनसँग एउटा म्युजिक भिडियोमा अभिनय गरिन्। त्यही भएको भेटमा प्रेम टुसायो। अनि सोमबार चन्द्रागिरि रिसोर्टमा दुवै वैवाहिक सम्बन्धनमा जोडिए।
सलोन नेपाली फिल्म क्षेत्रमा सक्रिय परिवारका सदस्य हुन्। उनको बाबु शोभित बस्नेत नेपाली फिल्म निर्माण र निर्देशनमा सक्रिय छन्।
२०७९ मंसिर १२ गते १९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।