जालीदार ड्रेसमा छल्किएको मलाइकाको जवानी

जालीदार ड्रेसमा छल्किएको मलाइकाको जवानी

एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोडाको हालै सार्वजनिक भएको एक तस्बिरले ट्रोलरको ध्यान तानेको छ।

सामाजिक सञ्जालमा प्राय आफ्ना बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहने उनले हालै हरियो रङको जालीदार कपडा लगाएर खिचाएको तस्बिर सार्वजनिक गरिन्।

विवाह अनि प्रेम सम्बन्धका कारण चर्चामा आइरहन्छिन्। अरबाज खानसँगको डिभोर्सपछि उनी अहिले अर्जुन कपुरसँग रिलेसनसिपमा रहेको दाबीहरू सार्वजनिक हुने गरेका छन्।

इन्स्टाग्रामबाट सार्वजनिक भएको उनको तस्बिरमा उनको जवानी छल्किएको छ नै। तर खै किन हो ट्रोलरहरुलाई भने चित्त बुझेनछ।

जालीदार कपडा लगाएको तस्बिरमा तालतालका प्रतिक्रिया आइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्' अरे वाह लामखुट्टेवाला जालीलाई ड्रेस बनाइदिइछिन्। यसलाई भनिन्छ महँगी।'

उनको यी तस्बिर चैँ  आयुष्मान खुरानाको अभिनय रहेको 'एन एक्सन हिरो' फिल्ममा रहेको पुरानो गीत' आप जैसा कोही मेरे जिन्दगीमे आए' को रहेछ। उनले फिल्म प्रमोशनका लागि तस्बिर सार्वजनिक गरेकी थिइन्।

इन्ट्रामा उनको तस्बिरमा यस्तै रमाइला र उटपट्याङ प्रतिक्रियाहरू आइरहेका छन्। मलाइका मुभिङ इन विद् मलाइका नामको शो लिएर टेलिभिजनको पर्दामा आउने तयारीमा छिन्।

१२ मंसिर, २०७९, १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।