‘आरआरआर’पछि रामचरण्को अर्को प्यान इन्डिया फिल्म घोषणा

‘आरआरआर’पछि रामचरण्को अर्को प्यान इन्डिया फिल्म घोषणा

एजेन्सी : ‘आरआरआर’ जस्तो ब्लकबस्टर फिल्म दिएका राम चरणले अब फेरि प्यान डन्यिा फिल्म गर्ने भएका छन्।

बुची बाबु साना, भेंकट सतीश किलारुसँग उनले फिल्म गर्न लागेका हुन्। नाम गोप्य राखिएको फिल्ममा रामचरण मुख्य भूमिकामा देखिनेछन्।

रामचरणले यसबारे ट्वीट गर्दै लेखेका छन् , ‘बुची बाबु साना र सम्पूर्ण टोलीसँग काम गर्न पाउँदा उत्साहित छु, यो प्यान इन्डिया फिल्म धेरै भाषाहरूमा रिलिज हुनेछ।’

स्पोर्ट्स ड्रामा फिल्म डिसेम्बरबाट छायांकनमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

रामचरण अहिले ‘आरसी १५’ फिल्मको लागि न्यूजिल्याण्डमा छायांकन गरिरहेका छन्। एक्सन थ्रिलर फिल्ममा उनको अपोजिटमा कियारा आडवाणी देखिनेछिन्।

यसबाहेक रामचरणको अर्को प्रोजेक्ट ‘रंगस्थलम’का निर्देशक सुकुमारसँग छ।

१२ मंसिर, २०७९, १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।