प्रभास र कृति सेनन प्रेम सम्बन्धमा !

प्रभास र कृति सेनन प्रेम सम्बन्धमा !
आदिपुरुषको ट्रेलर लञ्चमा प्रभास र कृति

एजेन्सी: दक्षिण भारतीय सुपरस्टार प्रभास र बलिउड अभिनेत्री कृति सेनन 'रिलेशन'मा छन् भन्ने कुरा बाहिरिएको छ। कृति प्रभासको आउँदो फिल्म 'आदिपुरुष' की नायिका समेत हुन्।

र उनीहरूको प्रेम सम्बन्धबारे खुलासा गर्ने अरू कोही नभएर अर्का कलाकार वरुण धवन हुन्। वरुणले 'झलक दिखला जा'को फाइनलमा उपस्थित हुँदै कृति र प्रभासको प्रेमबारे खुलासा गरेका हुन्।

उक्त शोमा वरुण र कृति दुवै उपस्थित थिए। उनीहरू आफ्नो फिल्म 'भेडिया'को प्रोमोटका लागि त्यहाँ गएका थिए। त्यहाँ शोका जज् करण जोहरले वरुणलाई बलिउडका सिङ्गल नायिकाको नाम भन्न लगाए।

उनले भनेका नामहरूमा कृतिको नाम नै आएन। अनि करणले सोधे- 'कृतिको नाम चाहिँ किन आएन?'

वरुणले जवाफ दिए- 'किनकी कृतिको नाम अरू कसैको मनमा छ। एक जना छ जो यतिबेला मुम्बईमा छैन। ऊ यतिबेला दीपिका पादुकोणसँग शुटिङमा छ।'

वरुणले प्रभासको नाम ठ्याक्कै नलिए पनि उनले दिएको हिन्टबाट पत्ता लागिहाल्यो उनले प्रभासको कुरा गरिरहेका छन् भनेर। किनकि यतिबेला प्रभास नै दीपिकासँग शुटिङमा छन्। फिल्म 'प्रोजेक्ट के'का लागि।

यसअघि पनि उनीहरूले डेट गरिरहेको खबर अगाडि आएको त हो तर विश्वास गर्ने आधार थिएन। यसअघि फिल्म आदिपुरुषको ट्रेलर लञ्चमा प्रभासको निधारमा पसिना आएपछि कृतिले आफ्नो पछ्यौरी प्रभासलाई दिएकी थिइन्।

१२ मंसिर, २०७९, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।