काठमाडौं : नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले रोड टु फिफा वर्ल्ड कप-२०२२ र 'गोल अफ द सेन्चुरी' क्याम्पेन अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ अभियानका विजेता छनौट गरेको छ।
दुवै क्याम्पेनका विजेतामध्ये पहिलो क्याम्पेनका विजेताले कतारमा जारी विश्वकपको फाइनल खेल हेर्न पाउने छन् भने दोस्रो क्याम्पेनका विजेताले विश्वकपको कुनै एक खेल आफूलाई मन पर्ने व्यक्तिसँग गएर हेर्न पाउने छन्।