सुनसरी : सुनसरी- ४ मा शनिवार साँझदेखि मतगणना स्थगित छ। मतगणनामा पछि परेपछि 'धाँधली' भएको भन्दै सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समूहले विवाद सुरु गरेपछि मतगणना रोकिएको हो।
हालसम्मको मतगणनामा कार्की झिनो मतान्तरले अग्रतामा छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीले २३ हजार ४३९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन्।