काठमाडौं: रामेछापमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
मंसिरपछि कसको सरकार !
तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा एमालेका ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।
तामाङ २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए।
यता ढुङ्गेल भने २०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी साढे तीन वर्ष प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि बनेका थिए।
प्रदेश सभातर्फ भने रामेछापको दुवै निर्वाचन क्षेत्रमा माओवादीका नेताहरू निर्वाचित भएका छन्।
२०७९ मंसिर ११ गते १३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।