नेपाल बाहिर

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी


एजेन्सी: उत्तर कोरियाली नेता किम जोङले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन्। प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन्।

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्।

नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताए। 

"राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु ‘सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण प्रगतिको कारण हो, र यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ। 

वैज्ञानिकहरूले प्योङयाङको ‘विश्वको सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य’ विश्वसामु प्रदर्शन गरेको किमले बताए। नयाँ ह्वासोङ–१७ आईसीबीएमको लन्चिङ भेहिकललाई ‘उत्तर कोरियाको हिरो’ को उपाधि प्रदान गरिएको केसीएनएको रिपोर्टमा उल्लेख छ।

‘यसले उत्तर कोरिया पूर्ण आणविक शक्ति हो भन्ने कुरा विश्वसामु स्पष्ट रूपमा प्रमाणित गरेको छ,’ प्रतिवेदनमा भनिएको छ। रिपोर्टमा थप भनिएको छ, “उत्तर कोरियाले सबैभन्दा शक्तिशाली आईसीबीएम राष्ट्रको रूपमा आफ्नो शक्ति प्रदर्शन गरेको छ।”

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले ह्वासोङ–१७ को परीक्षणलाई उत्तर कोरियाले आफूलाई प्रमुख आणविक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले गरेको बताए। “यदि सन् २०१७ मा ह्वासोङ–१५ को प्रक्षेपण आणविक हतियारले अमेरिकी मुख्य भूमिलाई खतरामा पार्न सक्ने राष्ट्र बन्नमा केन्द्रित थियो भने पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली आईसीबीएम राज्य बन्नमा केन्द्रित छ,” उनले थप भने।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ। तर उत्तर कोरियाले प्रतिबन्धको बेवास्था गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुवै समूहले स्वचालित हतियारको....

लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन। यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्। टिभीमा....

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....