पुरानो थिमिमा पिकअप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

पुरानो थिमिमा पिकअप र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं: भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ६ स्थित पुरानो थिमिको ओरालोमा हिजो पिकअप भ्यान र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षिय सिजन फसिकवा र पछाडि सवार भक्तपुर नगरपालिका- ७ का सुनिल ग्वाछा घाइते भएका थिए। दुवैको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेकोमा चालक सिजनको भने राति पौने १२ बजे मृत्यु भएको हो।

गए राति सवा ११ बजे दुवाकोटबाट पुरानो थिमितर्फ जाँदै गरेको प्रदेश ३ -०१-०२३ च ४२९३ पिकअप भ्यान र विपरीत दिशाबाट आउदै गरेको बा १० प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको हो।

दुवै सवारी साधन र पिकअपका चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ।

११ मंसिर, २०७९, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।