काठमाडौं: नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजले आफ्नो एक फेसबुक पोस्ट 'डिलिट' गर्ने भएको छ। अमेरिकी फोटोग्राफर किट्टिया पावलोस्कीले खिचेको भनिएको हिउँ चितुवाको झुटो साबित भएको तस्बिर डिलिट गरिने भएको हो।
उकेरा न्युज
आज दूतावासले आफ्नै फेसबुकमार्फत उक्त पोस्ट हटाउन लागेको सूचना दिएको हो। आधिकारिक फेसबुक पेजमा छापिएको सामग्री हटाउनुअघि सूचना दिनुपर्दछ।
दूतावासले लेखेको छ- 'हामी केही साताअघि उक्त तस्बिर हालिएको आफ्नै पोस्ट मेटाउँदैछौँ। हामीले फोटोग्राफरसँग कुनै साझेदारी गरेका थिएनौँ।'
कथित नेशनल जियोग्राफिक र एनिमल प्लानेटसँग आबद्ध फोटोग्राफर किट्टियाले यस विवादबारे मुख नखोलेको र आफ्नो इन्स्टाग्राम र फेसबुक अकाउण्ट समेत डिएक्टिभेट गरेको दूतावासले जनाएको छ।
यद्यपि उनको वेभसाइट भने अझै चालु छ। त्यहाँ उनले थुप्रै फोटोग्राफी पुरस्कार पाएको र अमेरिकी दूतावाससँग समेत आबद्ध रहेको भनेर दावी गरेकी छिन्। तर उनी आबद्ध नभएको दूतावासले प्रष्ट पारेको छ।
२०७९ मंसिर ११ गते ११:४८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।